Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतमा बम विस्फोट गराएका ३८ जना दोषीलाई मृत्युदण्डको फैसला

एजेन्सी । भारतको अहमदावादमा भएको बम विस्फोटनको घटनामा दोषी ठहरिएका ३८ जनालाई मृत्यु दण्डको फैसला गरिएको छ ।

गुजरातको विषेश अदालतले सन् २००८ मा भएको घटनामा संलग्न भई दोषी ठहरिएका उनीहरूलाई शुक्रबार मृत्युदण्डको फैसला सुनाएको हो ।

विस्फोट गराएको आरोपमा झण्डै ८० जना आरोपितमाथि मुद्दा चलाइएकोमा ३८ जनालाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । सन् २००८ को २६ जुलाईमा भएका विस्फोटमा ५६ जनाको ज्यान गएको थियो ।

७० मिनेटको फरकमा भएका २१ ओटा विस्फोटका घटनामा २ सय जना भन्दा धेरै घाइते भएका थिए । घटनामा संलग्न रहेको अभियोगमा विशेष अदालतका न्यायाधीश एआर पटेलले अन्य ११ जना दोषीलाई आजीवन कारावासको सजाय सुनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077