Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दक्षिण कोरियामा तीन हप्ताका लागि कोभिड नियम खुकुलो पारियो

एजेन्सी । दक्षिण कोरियाले कोभिड–१९ महामारीविरुद्ध सामाजिक दूरी सम्बन्धी नियमहरूलाई खुकुलो पारिएको छ । करिब तीन हप्तासम्मका लागि नियमहरु कम गर्ने निर्णय गरिएको हो ।

सङ्क्रमण फैलिनबाट नियन्त्रण गर्नका लागि एशियाली यस मुलुकले लिएका कडा क्वारेन्टाइन बस्नुपर्ने प्राबधानले साना व्यापारीहरूको व्यवसायलाई विक्षिप्त बनाएको भन्दै राहतका लागि यो कदम चालिएको दक्षिण कोरियाली जनस्वास्थ्य तथा सामाजिककल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ओमिक्रोन भेरिएन्ट द्रूत गतिमा फैलिएको भएपनि यो दिशानिर्देश मार्च १३ सम्म अर्थात् तीन हप्ता कायम रहनेछ ।

सुरूका दिनमा अन्य देशको तुलनामा कोभिड सङ्क्रमण दरलाई नियन्त्रण गर्न सफल दक्षिण कोरियामा कोभिडको ओमिक्रोन सङ्क्रमणले स्वास्थ्य क्षेत्रलाई विशेष चुनौति सिर्जना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077