Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फिलिपिन्सविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट ए अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज फिलिपिन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा फिलिपिन्सका कप्तान जोनाथन हिलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको हो ।

नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले तीव्र गतिका बलर गुलशन झाई टि-२० आईमा डेब्यू दिएको छ । घाइते शरद भेषावकरको स्थानमा कुशल मल्ललाई खेलाइएको छ ।

कुशललाई विवेक यादवको स्थानमा मौका दिएको हो । कमल सिंह ऐरी र विवेक यादवलाई विश्राम दिदा कुशल मल्ल र गुलशन झालाई खेलाएको छ ।

यसअघि हिजो भएको खेलमा फिलिपिन्सक्यानडासँग १ सय १८ रनको फराकिलो अन्तरले पराजित भएको थियो भने नेपालले घरेलु टोली ओमानलाई ३९ रनले हराएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077