Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टी घोषणासँगै कमल थापाले बोलाए केन्द्रीय कमिटीको पहिलो बैठक

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बिहान ८ बजे केन्द्रीय समितिको बैठक धुम्बाराहीमा बस्न लागेको हो ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पुनर्गठित पार्टी घोषणा गरेसँगै केन्द्रीय कमिटीको पहिलो बैठक बोलाएका हुन् ।

शनिबार थापाले राजधानीमा एक कार्यक्रममार्फत राप्रपा नेपालको औपचारिक घोषणा गरेका थिए । राजतन्त्रको मुद्दा बिनाको राप्रपा नेपालले अब हिन्दुराष्ट्र, सुशासन र समृद्धिको एजेण्डा बोक्नेछ ।

बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, पार्टीको आगामी रणनीति लगायतका विषयमा छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077