Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीप्रति बाँस्कोटाको व्यंग : 'नक्कली पार्टीको फाइॅंफुइॅं आजबाट धुलीसात हुने भयो'

काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्व मन्त्री गोकुल बास्कोटाले नेकपा एकीकृत समाजवादीप्रति व्यंग गर्दै जस्केलाबाट जन्मेको एउटा नक्कली पार्टीको फाइँफुइँ आजबाट धुलिसात हुने टिप्पणी गरेका छन् ।

आइतवार बिहान समाजिक सञ्जालमा लेख्दै उनले एकीकृत समाजवादीलाई लक्षित गर्दै यस्तो व्यंग गरेका हुन् । साथै उनले मन्त्रीहरूले भोट हाल्ने र नेताहरूले बहिष्कार गर्ने भन्दै टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्,'जस्केलाबाट जन्मेको एउटा नक्कली पार्टीको फाइॅंफुइॅं पनि आजबाट धुलीसात हुने भएछ। मन्त्रीहरुले भोट हाल्ने नेताहरुले बहिष्कार गर्ने। समाजवादी कायदा !'

एमसीसी संसदमा टेबल हुनबाट नरोक्ने नेकपा एकीकृत समाजवादीले निर्णय गरेपछि बास्कोटाले यस्तो टिप्पणी गरेका हुन् । शनिबार बसेको पार्टीको स्थायी समिति बैठकले संसद् सञ्चालन भएको अवस्थामा एमसीसी टेबल गर्न बाधक नबन्ने तर संशोधन नगरी अहिलेकै अवस्थामा पारित गर्न नसकिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077