Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमसीसी टेबल गर्न माओवादीको लिखित असहमति [पत्रसहित]

काठमाडौं । नेकपा माओवादी केन्द्रका तीन सांसद्ले एमसीसीलाई प्रतिनिधि सभामा टेबल गर्ने विषयमा लिखित असहमति पत्र पेस गरेका छन्।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादीका प्रमुख सचेतक देव गुरुङसहित सांसहरु जयपुरी घर्ती र रेखा शर्माले लिखित पत्र बुझाउँदै एमसीसीलाई प्रतिनिधि सभामा टेबल गर्ने विषयमा अहसमति जनाएका हुन् ।

'राष्ट्रिय सहमति कायम नभएको, संशोधन र परिमार्जनको कुनै सुनिश्चितता पनि नभएको र संसद् अवरुद्ध नै रहेकोले मिलिनियम च्यालेन्ज कर्पोरेसन (MCC) सदनमा टेबल गर्ने विषयमा हाम्रो गम्भीर अहसमति रहेको व्यहोरा अनुरोध गर्दछौँ', पत्रमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077