Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद बैठकको सुरुमै एमाले सांसदहरुको नाराबाजी

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु भएलगत्तै एमालेका सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् ।

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोवटाको भूमिका रहेको भन्दै विरोधमा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लगातार एमाले सांसदले संसदमा नाराबाजी गर्दै आएका छन् ।

अहिले हो-हल्ला र नाराबाजीका बाबजुत सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुचारु गरिरहेका छन्।

आजको बैठकमा एमसीसी  सम्झौता अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । बैठकमा मन्त्री शर्मा अनुपस्थित हुने भएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गर्दैछन् ।

यसबाहेक लोक सेवा विधेयक २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबल गरिने र राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077