Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसी संसदमा पेस भएपछि माधव नेपालले भने- हाम्रो समर्थन छैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्न समर्थन नगर्ने बताएका छन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसीमा पार्टीको समर्थन नरहेको दाबी गरे।

संसद भवनबाट बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुले नेपाललाई एमसीसी कहिले पास हुन्छ भनी प्रश्न गरेका थिए ।

जवाफमा नेपालले भने, ‘पास गर्ने कुरामा हाम्रो समर्थन छैन ।’ आइतबार बसेको संसदमा एमसीसी पेस भएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ माघ २५ गते सो अनुदान सम्झौता अनुमोदनका लागि संसद्मा पेश गर्न स्वीकृति दिएको थियो ।


 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077