Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • एमसीसी संसदमा पेस भएपछि माधव नेपालले भने- हाम्रो समर्थन छैन

    एमसीसी संसदमा पेस भएपछि माधव नेपालले भने- हाम्रो समर्थन छैन

    अनलाइन नेपाल
  • आइतबार, ८ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्न समर्थन नगर्ने बताएका छन् ।

    बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसीमा पार्टीको समर्थन नरहेको दाबी गरे।



    संसद भवनबाट बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुले नेपाललाई एमसीसी कहिले पास हुन्छ भनी प्रश्न गरेका थिए ।



    जवाफमा नेपालले भने, ‘पास गर्ने कुरामा हाम्रो समर्थन छैन ।’ आइतबार बसेको संसदमा एमसीसी पेस भएको थियो ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ माघ २५ गते सो अनुदान सम्झौता अनुमोदनका लागि संसद्मा पेश गर्न स्वीकृति दिएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार