काठमाडौं । राप्रपा नेपालले आगामी निर्वाचनका लागि 'गाई' नै चुनाव चिह्न माग गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको राप्रपा नेपालको प्रथम केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
राप्रपा नेपाल केन्द्रीय समितिले निर्वाचन आयोगसमक्ष पार्टीको चुनाव चिह्न ‘गाई’ माग्ने निर्णय गरेको कमल थापाले जानकारी दिएका छन् । उनले भने विगतमा राप्रपा नेपालको चुनाव चिन्ह ‘गाई’ रहेको स्मरण गराएका छन् ।
यस्तै, बैठकले राजसंस्था पुनः स्थापनाको माग छोडेको राप्रपा नेपालले पृथ्वीनारायण शाहका उपदेशलाई मार्गनिर्देशक सिद्धान्त मान्ने भएको छ ।