Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमसीसीविरुद्ध आन्दोलन : दर्जनौँ प्रहरी घाइते, ५० जना प्रदर्शनकारी पक्राउ

काठमाडौं । एमसीसीविरुद्ध सडकमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबिच झडप हुँदा दुई दर्जन सुरक्षाकर्मी घाइते भएका छन् । भने कम्तिमा ५० जना प्रदर्शनकारी पक्राउ परेका छन् । नेपाल प्रहरीका १७ जना र सशस्त्र प्रहरीका ७ जना घाइते भएका हुन् ।

सशस्त्र प्रहरीका घाइते ३ जनाको बलम्बुस्थित एपीएफ अस्पतालमा उपचार भइरहेको छ । बाँकी ४ जनाको संसद भवनभित्रै रहेको आपतकालीन उपचार कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रदर्शनका क्रममा प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा, लाठी चार्ज र रबरको गोलीसमेत चलाएको थियो । त्यस्तै प्रदर्शनकारीले समेत प्रहरीमाथि ढुंगा हानेका थिए ।

यस्तै भीडलाई नियन्त्रणमा लिने क्रममा ११५ जना अश्रु ग्यास प्रहार गर्नुका साथै ३० राउण्ड रबरको गोली प्रहार भएको प्रहरीले जनाएको छ । यस्तै ढुंगामुढा छेक्ने २५ वटा ढाल फुटेको पनि प्रहरीले जनाएको छ ।

सत्तारुढ गठबन्धनभित्रको विवादका बीच सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गरेपछि दिनभर बानेश्वर क्षेत्र तनावग्रस्त बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077