Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यस्तो छ २०७८ फागुन ९ गते सोमवारको राशिफल

    यस्तो छ २०७८ फागुन ९ गते सोमवारको राशिफल

    अनलाइन नेपाल
  • सोमबार, ९ फाल्गुन २०७८
  • 903
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज २०७८ फागुन ९ गते सोमवारको राशिफल ।

    ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ?



    भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?



    मेष

    आज नयाँनयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्नेछ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पारिवारिक वातावरण पनि सुमधुर रहनेछ ।

    मिथुन

    आज शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

    सिंह

    आज मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । पुनर्मिलनको योग रहेको छ । सफल यात्रा पनि हुनेछ ।

    तुला

    चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । प्रेम सम्बन्ध कसिलो होला । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

    धनु

    आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग पनि मिल्नेछ ।

    कुम्भ

    दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पनि पूरा होला ।

    बृष

    आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

    कर्कट

    आज नसोचेको ठाउँबाट धनागम हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ ।

    कन्या

    आज जोशजाँगर बढ्नेछ । भौतिक साधन जुटाउने समय छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ, तर सौन्दर्यतामा धन खर्च पनि हुन सक्छ ।

    बृश्चिक

    आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ, तर सरकारी निकायबाट सहयोग मिल्नेछ । साँझमा रमाइलो यात्रा पनि हुन सक्छ ।

    मकर

    नयाँ कार्यको योजना बन्नेछ । कुनै कुराले शान्ति छाउनेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ ।

    मीन

    आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ, तर आर्थिक अवस्था भने ठिकै रहनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार