Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • गठबन्धनप्रति विष्णु रिमालको आक्रोश : गठबन्धन ‘घिउ बेचुवा र तरवार बेचुवा’ जस्तो !

    गठबन्धनप्रति विष्णु रिमालको आक्रोश : गठबन्धन ‘घिउ बेचुवा र तरवार बेचुवा’ जस्तो !

    अनलाइन नेपाल
  • सोमबार, ९ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धन ‘घिउ बेचुवा र तरवार बेचुवा’ जस्तो रहेको आरोप लगाएका छन् ।

    अमेरिकी सहायता सम्झौता एमसीसी संसदमा टेलब गरिएको भोलिपल्ट आज बिहानै सामाजिक सञ्जालमार्फत उपमहासचिव रिमालले गठबन्धविरुद्ध कडा शब्दमा आक्रोश पोखेका हुन् । उनले प्रधानमन्त्रीको दल र सभामुखको दल एमालेलाई देखाएर एक अर्कामाथि हावी हुने दाउमा रहेको समेत बताएका छन् ।



    उनले क्याविनेटमा सुरक्षा टाइट गर्ने निर्णय गरेर सडकमा हिंसात्मक विरोधका लागि कार्याकर्ता उकासेको समेत आरोप लगाएका छन् । एमसीसी संसदमा टेबल भएपछि अहिले गठबन्धनमाथि विभिन्न प्रश्न उठिरहेको छ ।



    सोही विषयलाई लिएर उपमहासचिव रिमालले भनेका छन्, हाउसमा दलको जानकारी बेगर-‘सिखण्डी’ खडा गरेर “बहस पनि यसैगरी, निर्णय पनि यसैगरी” हुने भन्दै​ कपटपूर्ण अभ्यासमा ‘गठबन्धन’ छ ।

    ‘गठबन्धन’वालाहरू घिउ बेचुवा र तरबार बेचुवा’ जस्ता! प्रमको दल र सभामुखको दल दुवै एमालेलाई देखाएर एकअर्कामाथि हावी हुने दाउमा छन्’, रिमालले भनेका छन्, ‘क्याबिनेटमा सुरक्षा टाइट गर्ने निर्णय गर्ने, सडकमा हिंसात्मक विरोधमा कार्यकर्तालाई उकास्ने !’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार