Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गृहमन्त्री खाँणलाई केपी ओलीको फोन: सरकारले नै किन प्रहरीलाई ढुंगा हानेको ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणलाई फोन गरेर सरकारको पछिल्लो कदमबारे जानकारी लिएका छन्।

सोमबार चन्द्रागिरि नगरपालिकामा काजी कालु पाँडेको समाधीस्थलमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले आफूले आज बिहान गृहमन्त्रीलाई फोन गरेर प्रहरीमाथी नै सरकारका मानिसहरुले किन ढुंगामुढा र आक्रमण गरेको भन्दै सोधेको बताए।

पछिल्लो समय सरकारमा रहेकाहरुले तमासा गरिरहेको ओलीको टिप्पणी छ।

‘सरकारवालाहरुले नै सडकमा ढुंगा हान्न पठाएका छन् । कति खर्चमा बाटा बनाइएको छ,' ओलीले भने, 'क्रान्तिकारी सरकारमा हुनेहरुले बाटो भत्काएर ढुङ्गा निकालेर प्रहरीमाथी आक्रमण गरिरहेका छन्। नभत्काउ भन्ने कोही छैन।'

उनले एकथरीले सडकमा प्रहरी पठाएर केही नगर्नु भनेको र अर्कोथरीले ढुंगामुढा गर्ने काम गरेको आरोप लगाए। 'यसबारे मैले गृहमन्त्रीलाई फोन गरेर सोधे' ओलीले भने।

आइतबार भएको प्रदर्शनका क्रमममा प्रदर्शनकारीले ओलीको गाडीमा ढुंगा प्रहार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077