Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

स्थानीय तहको निर्वाचनका लागि आयोगमा दर्ता भए १० नयाँ पार्टी (नामावली)

काठमाडौं । आसन्न (आगामी वैशाख ३० गते) स्थानीय तह निर्वाचनमा सहभागी हुन नयाँ १० राजनीतिक पार्टी निर्वाचन आयोगमा दर्ता भएका छन् ।

आयोगले यही फागुन ५ गते निर्वाचनका लागि पार्टी दर्ताको लागि आव्हान गरेको थियो । सोही अनुसार नयाँ पार्टी आयोगमा दर्ता भएका हुन् ।

दर्ता भएका नयाँ पार्टीहरुमा जनमत पार्टी, मंगोल नेशनल अर्गानाईजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशिल पार्टी, नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टी रहेका छन् ।

आयोगका अनुसार आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलहरुको संख्या १०९ पुगेको।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077