Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपति भण्डारीद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आइसिसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकामा नेपाली टोलीलाई बधाई दिएकी छन् ।

ओमानमा जारी टी–२० विश्वकप क्रिकेट छनोट खेलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेपछि आज साँझ ट्विट गर्दै राष्ट्रपति भण्डारीले नेपाली क्रिकेट टोलीका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई हार्दिक बधाई दिएकी हुन् ।

राष्ट्रपति भण्डारीले ट्विटमा लेख्नुभएको छ, “ओमानमा जारी टी–२० विश्वकप क्रिकेट छनोट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली टोलीले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुनुहोस्, अग्रिम शुभकामना !”

ओमानको अल अमिरात क्रिकेट मैदानमा सोमबार भएको समूहको अन्तिम खेलमा क्यानडालाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077