Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राप्रपा नेपालले 'गाई' चुनाव चिन्ह माग्दै निर्वाचन आयोगलाई बुझायो निवेदन

काठमाडौं । राप्रपा नेपालले स्थानीय तह निर्वाचनका लागि 'गाई' चुनाव चिन्ह माग्दै निर्वाचन आयोगमा निवेदन दिएको छ ।

सोमबार आयोग पुगेर राप्रपा नेपालले निवेदन दर्ता गराएको अध्यक्ष कमल थापाले जानकारी दिए ।

केही दिनअघि नै आयोगले कमल थापा अध्यक्ष रहने गरी पार्टी अध्यावधिकको निर्णय गरेको थियो भने सो निर्णयपछि थापाले फागुन ७ गते पार्टी औपचारिक रुपमा घोषणा गरेका थिए ।

यस्तै आइतबार बसेको बैठकले गाई चुनाव चिन्ह माग्दै आयोगमा निवेदन दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077