Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्री भारत गएपछि मधेस प्रदेश सभाको बैठक १२ दिनका लागि स्थगित

जनकपुरधाम । मधेस प्रदेशसभा बैठक १२ दिनका लागि स्थगित भएको छ ।

आन्तरिक मामिलामन्त्री भरतप्रसाद साह भारत भ्रमणमा गएपछि प्रदेशसभा बैठक फागुन २२ गतेसम्मका लागि स्थगित भएको हो ।

प्रदेश प्रहरी ऐन कार्यान्वयन सम्बन्धी प्रस्तावमाथि छलफल गर्न आज बोलाइको बैठक मन्त्री साह भ्रमणमा गएपछि फागुन २२ गतेसम्मका लागि स्थगित भएको हो ।

प्रदेश प्रहरी ऐन कार्यान्वयनका प्रस्तावकसमेत रहेका साह भारत भ्रमणमा गएपछि प्रदेशसभा बैठक १२ दिनपछि सरेको हो ।

मन्त्री साहले गत २६ माघमा पेस गरेको सो प्रस्तावबारे छलफल गर्न प्रदेशसभाको बैठक आज अपरान्ह २ बजेका लागि बोलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077