Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

२२ लाखको चेक बाउन्स मुद्धाका फरार पाण्डे सीआईबीको फन्दामा

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर (चेक बाउन्स) मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट शिवपुरी -८ घर भइ हाल काठमाडौं तारकेश्वर- १० मनमैजुमा श्रृष्टी प्रफुल सप्लायर्स संचालन गर्ने ४३ बर्षीय रामप्रसाद पाण्डे रहेका छन्।

सीआईबीका अनुसार पाण्डेले एन.आइ.सी. बैंक लिमिटेड, मनमैजु शाखामा आफ्नै नामको खाताबाट पर्याप्त रकम नभएको जान्दाजान्दै पनि रकम भुक्तान गर्नका लागि पीडितलाई चेक दिएका थिए ।

थापालाई उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा २२ लाख रुपैयाँ जरिवाना र ५ दिन कैद हुने ठहर गरेको थियो।

थापालाई काठमाडौँको नेपालटारबाट पक्राउ गरिएको सीआईबीको भनाइ छ । उनलाई फैसला कार्यन्वयनका लागि जिल्ला अदालत ललितपुरमा बुझाइएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077