Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाल भर्सेस यूएई: राष्ट्रपति र प्रधानमन्त्रीले दिए जितको अग्रिम शुभकामना

काठमाडौँ । ओमानमा जारी आईसीसी पुरुष टी –२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले आज सेमिफाइनल खेलमा यूएईसँग खेल्दैछ । हिजो भएको समूह चरणको अन्तिम खेलमा क्यानडामाथि ८ विकेटको विशाल जित हासिल गर्दै नेपालले यूएई सँगको भेट पक्का गरेको हो ।

खेल नेपाली समयानुसार दिउँसो ३:४५ बजेदेखि सुरु हुँदैछ । हिजोको खेलमा बिजयी भएपछि नेपाली क्रिकेट टोलीलाई राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख राजनीतिक दलका नेताहरुले बधाई समेत दिएका थिए । साथै, उनीहरुले आज हुने सेमिफाइनल खेलमा पनि अग्रिम शुभकामना व्यक्त गरेका छन्।

'ओमानमा जारी टी–२० विश्वकप क्रिकेट छनोट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली टोलीले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुनुहोस्, अग्रिम शुभकामना !' राष्ट्रपति विद्यादेवी भण्डारीले ट्वीटरमा लेखेकी छन्।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि ट्विट गर्दै भनेका छन्, 'क्यानाडाविरुद्ध जीत निकाल्दै टी– विश्वकप ग्लोबल छनोटको सेमिफाइनल प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक बधाई । मङ्गलबार हुने सेमिफाइनलमा पनि विजयी हुँदै नेपाललाई विश्वकपमा छनोट गराउन सफल हुनुहुनेछ भन्ने सुभेच्छासहित सम्पूर्ण टोलीलाई शुभकामना व्यक्त गर्दछु ।'

यस्तो छ यूएईविरुद्ध नेपालको सम्भावित प्लेइङ–११ :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी , आरिफ शेख, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी , सन्दीप लामिछाने(कप्ता न), अविनाश बोहरा र जितेन्द्र मुखिया ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077