Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप छनोट: नेपाललाई पहिलो सफलता, युएई ३३-१ को स्थितिमा

काठमाडौँ । आईसीसी टि-२० विश्वकप छनोट 'ए' को पहिलो सेमिफाइनल खेलमा नेपालले यूएईविरुद्ध पहिलो विकेट निकालेको छ ।

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले दोस्रो ओभरमै पहिलो विकेट हात पारेको हो ।

तीव्र गतिका बलर जितेन्द्र मुखियाले दोस्रो ओभरको चौथो बलमा उच्च लयमा रहेका ओपनर चिराग सुरीलाई ४ रनमा बोल्ड आउट गर्दै नेपाललाई महत्वपूर्ण सफलता दिलाएका हुन् ।

जारी खेलमा अहिले ४.१ ओभरमा यूएईले १ विकेट गुमाउँदै ३३ रन बनाएको छ ।

नेपालको प्लेइङ ११ : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, सन्दीप लामिछाने (कप्तान), कमलसिंह ऐरी, जितेन्द्र मुखिया, विवेक यादव र अभिनाश बोहरा

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077