Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यूएईद्वारा नेपालसामू १७६ रनको लक्ष्य प्रस्तुत, उत्कृष्ट ब्याटिङको अपेक्षा

काठमाडौँ । आईसीसी टि-२० विश्वकप छनोट ‘ए’ को पहिलो सेमिफाइनल खेलमा युएईले नेपालसामू १७६ रनको विशाल स्कोर खडा गरेको छ।

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनायो ।

युएईका लागि महमद वासिमले ७०, युवा विकेटकिपर वृत्य अरविन्दले ४६, मुहमद उस्मानले १७ र  जवर फरिदले ११ रनको योगदान दिए।

प्रतियोगिताकै खराब बलिङ प्रदर्शन गरेको नेपालका लागि बलहरु अविनाश बोहोरा र जितेन्द्र मुखियाले समान ३/३ विकेट र कप्तान सन्दीप लामिछानेले १ विकेट हात पारे ।

प्रतियोगिताको बिजेता टोलीले फाइनलमा ओमान र आइरल्याण्डको बिजेतासँग फाइनलमा भिड्ने छ । अहिले दोस्रो सेमिफाइनलमा ओमान र आइरल्याण्डबीच पनि खेल भइरहेको छ।

फाइनल खेल्ने दुई टोली आगामी विश्वकपमा छनौट हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077