Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल भर्सेस यूएई: कुशल भुर्तेल पनि आउट, नेपाल १४-३ को खराब स्थितिमा

काठमाडौँ । यूएईले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले सुरुवाती तीन विकेट गुमाएको छ।

पहिलो ओभरमै ओपनर आशिफ शेख र लोकेश बमलाई गुमाएको नेपालले अर्का ओपनर कुशल भुर्तेललाई पनि सस्तैमा गुमाएको हो।

जारी खेलमा नेपालले २.५ ओभर खेल्दा १४ रनको क्षतिमा ३ विकेट गुमाएको छ। अहिले क्रिजमा आरिफ शेख र दिपेन्द्रसिंह ऐरी रहेका छन्।

ओमानको अल अमेरतमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ७ विकेटको क्षतिमा १७५ रन जोडेको थियो। युएईका लागि महमद वासिमले ७०, युवा विकेटकिपर वृत्य अरविन्दले ४६, मुहमद उस्मानले १७ र जवर फरिदले ११ रनको योगदान दिए।

प्रतियोगिताकै खराब बलिङ प्रदर्शन गरेको नेपालका लागि बलहरु अविनाश बोहोरा र जितेन्द्र मुखियाले समान ३/३ विकेट र कप्तान सन्दीप लामिछानेले १ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077