Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोलम्बियामा २४ हप्तासम्मको गर्भपतनलाई अपराध ठहर नगर्ने निर्णय

एजेन्सी । कोलम्बियामा २४ हप्तासम्मको गर्भपतन कार्यलाई अपराध ठहर नगरिने भएको छ ।संवैधानिक अदालतले समय सीमाभित्र गर्भपतन गर्ने महिलालाई कानुनी कारबाही नगर्ने निर्णय गरेको हो ।

सन् २००६ यता कोलम्बियामा बलात्कारको घटनामा, गर्भवती महिलाको ज्यानै खतरामा पर्ने स्थितिमा वा गर्भाधारण सम्भव नै नभएको अवस्थामा गर्भपतनका लागि वैधानिक अनुमति मिल्ने गरेको थियो ।

गर्भाधारण अधिकारका लागि आवाज उठाउँदै आएका समूहहरूले यसलाई 'ऐतिहासिक उपलब्धि' को संज्ञा दिँदै स्वागत गरेका छन् ।

तर आर्कविशप जोस लुइस रुएदाले क्याथोलिक चर्चले भने जन्मेदेखि प्राकृतिक मृत्युवरण नगरुन्जेल मानव जीवनको प्रतिरक्षा तथा प्रवर्द्धनका लागि निरन्तर आवाज उठाइरहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077