Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालको टी-२० वरीयता दुई स्थान खस्कियो

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नयाँ वरीयता सार्वजनिक गरेको छ । नयाँ वरियता अनुसार टि–२० विश्व वरीयतामा नेपाल दुई स्थान तल झरेको छ ।

यसअघि १३ औं स्थानमा रहेको नेपाल १५ औं स्थानमा झरेको हो । विश्वकप क्रिकेट ग्लोबल छनोटको सेमिफाइनलमा हिजो यूएईसँग पराजित भएसँगै नेपाल विश्व वरीयतामा दुई स्थान तल झरेको हो ।

यसअघि १२ औं स्थानमा रहेको नेपालले चार देश सम्मिलित टि–२० श्रृंखलामा यूएई र आयरल्यान्डसँग हार बेहोरेपछि एक स्थान खस्केको थियो ।

नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–२० विश्व कप क्रिकेट खेलेको थियो । नयाँ वरीयतामा आयरल्यान्ड १४ औं र स्कटल्यान्ड १३ औं स्थानमा छन् । यूएई भने १२ औं स्थानमा पुगेको छ । भारत पहिलो, इंग्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077