Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पल शाहद्धारा ६ वटा अडियो सार्वजनिक, दुर्गेश लगायतले षड्यन्त्र गरी फसाउन खोजेको आरोप

    पल शाहद्धारा ६ वटा अडियो सार्वजनिक, दुर्गेश लगायतले षड्यन्त्र गरी फसाउन खोजेको आरोप

    अनलाइन नेपाल
  • बिहिबार, १२ फाल्गुन २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । गायिका समिक्षा अधिकारीलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गरी आफूलाई फसाउन खोजेको अभिनेता पल शाहले आरोप लगाएका छन् ।

    आज विहान ६ वटा अडियो सार्वजनिक गर्दै उनले दुर्गेश थापा, सरोज ओली लगायतका व्यक्तिले समिक्षालाई प्रयोग गरेर आफूलाई फसाउन खोजेका आरोप लगाएका हुन् ।



    उनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आफूमाथि दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईले षड्यन्त्र गरेर फसाउन खोजेको बताएका हुन् ।



    साथै अभिनेता शाहले आफूमाथि लागेको आरोप प्रमाणित भए कानून अनुसार सजाय भोग्न तयार रहेको बताएका छन् । उनीविरूद्ध बुधबार गायिका समिक्षा अधिकारीले तनहुँ प्रहरीमा जबरजस्ती करणीको कसुरमा जाहेरी दिएकी छन् ।

    अभिनेता शाहले आफूलाई विगत २ वर्षदेखि पटक पटक जबरजस्ती करणी गरेको आरोप उनले लगाएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार