Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

पल शाहद्धारा ६ वटा अडियो सार्वजनिक, दुर्गेश लगायतले षड्यन्त्र गरी फसाउन खोजेको आरोप

काठमाडौं । गायिका समिक्षा अधिकारीलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गरी आफूलाई फसाउन खोजेको अभिनेता पल शाहले आरोप लगाएका छन् ।

आज विहान ६ वटा अडियो सार्वजनिक गर्दै उनले दुर्गेश थापा, सरोज ओली लगायतका व्यक्तिले समिक्षालाई प्रयोग गरेर आफूलाई फसाउन खोजेका आरोप लगाएका हुन् ।

उनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आफूमाथि दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईले षड्यन्त्र गरेर फसाउन खोजेको बताएका हुन् ।

साथै अभिनेता शाहले आफूमाथि लागेको आरोप प्रमाणित भए कानून अनुसार सजाय भोग्न तयार रहेको बताएका छन् । उनीविरूद्ध बुधबार गायिका समिक्षा अधिकारीले तनहुँ प्रहरीमा जबरजस्ती करणीको कसुरमा जाहेरी दिएकी छन् ।

अभिनेता शाहले आफूलाई विगत २ वर्षदेखि पटक पटक जबरजस्ती करणी गरेको आरोप उनले लगाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077