Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमसीसीविरुद्धको आन्दोलनमा संमयता अपनाउन विद्यार्थी नेताहरुलाई गृहमन्त्रीको फोन

    एमसीसीविरुद्धको आन्दोलनमा संमयता अपनाउन विद्यार्थी नेताहरुलाई गृहमन्त्रीको फोन

    अनलाइन नेपाल
  • बिहिबार, १२ फाल्गुन २०७८
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्धको आन्दोलनमा संयम हुन विद्यार्थी संगठनका नेताहरुलाई आग्रह गरेका छन् ।

    गृहमन्त्री खाँणले बिहीबार बिहान सत्ता गठबन्धनमा आबद्ध दलका विद्यार्थी नेताहरुलाई टेलिफोन गरी संयमतापूर्वक आन्दोलन गर्न आग्रह गरेका हुन् ।



    पछिल्लो समय एमसीसीविरुद्ध नयाँबानेश्वर क्षेत्रमा नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रनिकट विद्यार्थी संगठनहरु प्रदर्शन गर्दै आएका छन्। यसअघिका प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान नै भएको थियो।



    अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीका अनुसार गृहमन्त्री खाँणले आन्दोलनमा संयमित हुन र कतै पनि क्षति नपुगोस् भनेर सजग रहन आग्रह गर्दै फोन गरेका थिए । जवाफमा आफूले एमसीसीलाई रोक्नेतर्फ सरकारले भूमिका खेलोस् भनेको पराजुलीको भनाइ छ।

    यसअघिको प्रदर्शनम प्रहरी र प्रदर्शनकारीतर्फ धेरै घाइते भएका थिए । नयाँबानेश्वर क्षेत्रका पसल, फुटपाथ र सडकको बीच भागमा बनाइएको हरियाली क्षेत्रमा समेत क्षति पुगेको थियो ।

    यता, आजको संसद बैठकमा एमसीसीबारे छलफल हुने भएपछि संसद भवन वरपरको सुरक्षा बलियो बनाइएको प्रहरीले जनाएको छ। बैठक अबको केही बेरमा बस्दै छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार