Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • युक्रेन-रुस युद्ध रोक्न माग गर्दै काठमाडौंस्थित रुसी दुतावास अगाडि विरोध प्रदर्शन

    युक्रेन-रुस युद्ध रोक्न माग गर्दै काठमाडौंस्थित रुसी दुतावास अगाडि विरोध प्रदर्शन

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 780
    SHARES

    काठमाडौं । रुसले युक्रेनमा आक्रमण सुरु गरेको ५०५ औँ दिन दिन पूरा हुँदा पनि युद्ध नरोकिएको भन्दै मानव अधिकार तथा शान्ति समाजले काठमाडौंस्थित रुसी दूताबासअगाडि विरोध प्रदर्शन गरेको छ ।

    बिहिबार नेपालस्थित रुसी दूतावासअगाडि युद्ध तत्काल रोक्न र शान्तिवार्तामा आउन दवाब दिने उदेश्यसहित प्रदर्शन गरेको हो ।



    प्रदर्शनकारीहरूले ‘रुसः तत्काल युद्ध अन्त्य गर’, ‘युद्धको ५०५ दिनः मानवता पराजित’, ‘रुसी आक्रमण बन्द गर’, ‘युद्धको ५०५ दिनः इतिहास लज्जित’लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।



    समाजले प्रदर्शनपश्चात रुसका राष्ट्रपति भ्लादीमिर पुटिनलाई शान्ति समाजका तर्फबाट लेखिएको ज्ञापनपत्र नेपालस्थित रुसी राजदूतावास अधिकारीमार्फत हस्तान्तरण समेत गरेको छ ।

    समाजका केन्द्रीय सभापति सभापति रामकृष्ण बरालको नेतृत्वमा मानव अधिकारकर्मी कृष्ण पहाडी, समाजका पूर्व सभापति उत्तर पुडासैनीलगायतका अधिकारकर्मीको उपस्थिति थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार