Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • रूसी सेनामा कार्यरत तीन नेपाली नागरिकको मृत्यु

    रूसी सेनामा कार्यरत तीन नेपाली नागरिकको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १३ मंसिर २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । रूसी सेनाका कार्यरत तीन नेपाली नागरिकको मृत्यु भएको छ।

    मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान रहेका छन् ।



    मस्कोस्थित नेपाली दूतावासका अनुसार रूसी सेनामा कार्यरत रहेकै बेला उनीहरूको मृत्यु भएको हो।



    उनीहरूको गत कात्तिक २९ गते मृत्यु भएको दूतावासले कन्सुलर सेवा विभागले जनाएको छ ।

    उनीहरूको जारी रूस युक्रेन युद्धमै मृत्यु भएको हो या अरू कुनै कारणले भन्ने चाँहि विभागले खुलाएको छैन ।

    यसअघि गत असार २९ गते गोरखाका सन्दिप थपलिया युक्रेनमा मारिएका थिए। उनी पनि रूसी सेनामा भर्ना भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार