Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी (फोटोफिचर)

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थिथत संसद भवनमा जारी समितिको बैठकले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्नेछ ।

बिहीबार दिउँसो १ बजे बस्न लागेको प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि छलफल गरियोस् भन्दै प्रस्ताव पेस हुने बुधबार सार्वजनिक गरिएको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको थियो ।

गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरिएको थियो । यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन गर्ने बताइएको छ।

एमसीसी अनुमोदन गर्न नहुने भन्दै आन्दोलनन भइरहेका बेला सत्तारुढ दल पनि विभाजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077