Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बानेश्वरमा ‘गो ब्याक एमसीसी’ भन्दै विरोध प्रदर्शन, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित

    बानेश्वरमा ‘गो ब्याक एमसीसी’ भन्दै विरोध प्रदर्शन, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित

    अनलाइन नेपाल
  • बिहिबार, १२ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताविरुद्ध काठमाडौँका उपत्यका प्रमुख चोकचोकमा विरोध प्रदर्शन भएको छ।

    पछिल्लो समय निकै चर्चामा रहेको एमसीसी सम्झौताकोबिरोध गर्दै बिहीबार मध्यान्ह माइतीघर, नयाँ बानेश्वर र बिजुलीबजारमा बिभिन्न राजनीतिक दलले सयुंक्तरुपमा प्रदर्शन गरेका हुन्।



    नेपाल कम्युनिष्ट पार्टी,नेकपा मसाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी) सयुंक्त रूपमा प्रदर्शन गरेका छन्।



    यस्तै, प्रदर्शनमा एमसिसी खारेज गरौं, गो ब्याक एमसिसी, वैदेशिक हस्तक्षेप बन्द गरौं जस्ता प्लेकार्डसहितका नारा लगाइएको थियो । अहिले उक्त क्षेत्रको शान्ति सुरक्षा व्‍यवस्थालाई ध्यानमा राख्‍दै ठुलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ।

    गत आइतबार संसदमा पेस भएको एमसीसीबारे आज संसदमा एमसीसीबारे छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार