Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • एमसीसीलाई तत्काल सैद्धान्तिक छलफल नल्याउन आग्रह

    एमसीसीलाई तत्काल सैद्धान्तिक छलफल नल्याउन आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, १२ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    एजेन्सी । सत्ता गठबन्धनमा संलग्न नेकपा (माओवादी केन्द्र) र एकीकृत नेकपा (समाजवादी)ले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) सम्झौतालाई अनुमोदन गर्ने प्रस्तावबारे तत्काल सैद्धान्तिक छलफल नगर्न आग्रह गरेको छ ।

    सो प्रस्तावमा आज सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेकामा राजनीतिक दलमा सहमति नभएको र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सदनमा अवरोध जारी राखेको अवस्थामा यसलाई अघि नबढाउन ती दुबै दलले आग्रह गरेको हो ।



    सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले भने नियमितरुपमा छलफलको प्रक्रिया अघि बढाउन अडान लिएको छ । विवादका कारण दिउँसो १ बजेका लागि तोकिएको बैठक १ः५० बजेसम्म सुरु हुन सकेको छैन । एमालेले आफ्ना माग पूरा नभएको जनाउँदै कार्यव्यवस्थाको बैठक बहिष्कार गर्दै आएको छ ।



    सो छलफललाई अघि बढाउने वा नबढाउने भन्नेबारेमा माओवादी केन्द्रले पार्टीभित्र छलफल गर्ने जनाइएको छ । एमालेका नेता डा भीमबहादुर रावलले आजको बैठक बस्ने सम्भावना नरहेको बताउए । उहाँले सडकमा विरोधकाबीच सो प्रस्तावलाई अघि बढाउन र सत्ताका लागि राष्ट्रियताका सवालमा सम्झौता गर्न नहुने बताए ।

    सो सम्झौता यही फागुन ८ गते प्रतिनिधिसभामा प्रस्तुत भएको थियो । सो सम्झौतालाई यही फागुन १६ गतेभित्र अनुमोदन हुने–नहुने निधो गर्न अमेरिका सरकारले समयसीमा दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार