Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पासपोर्ट र टिकटबिनै जहाजमा शंकास्पद व्यक्ति पुगेपछि विमानस्थल सुरक्षा कमाण्डर निलम्बित

काठमाडौं । गत सोमबार (९ फागुन) राति करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई उड्न लागेको नेपाल एयरलाइन्सको विमानमा अनधिकृत व्यक्तिको प्रवेश भएको विषयमा सुरक्षा लापरबाही देखिएको भन्दै निगमका विमानस्थल सुरक्षा कमाण्डर ध्रुवराज थापालाई निलम्बन गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सो घटनाको तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिएका थिए ।

निगमले तत्कालै क्याप्टेन विजय लामाको संयोजकत्वमा छानविन उपसमिति गठन गरी छानबिन जारी रहे पनि संवेदनशील क्षेत्रमा सुरक्षा लापरबाही देखिएकाले थापालाई निलम्बन गरिएको कार्यकारी अध्यक्ष अधिकारीको भनाइ छ।

[insert page='117031' display='yopanipadhnuhos.php']

शंकास्पद व्यवहारसहित लगभग विमानभित्र पसिसकेको अवस्थामा नेपाल एयरलाइन्सका कर्मचारीले रोकेर ती व्यक्तिसँग पास बोर्डिङ मागेका थिए । ती व्यक्ति रौतहटका १८ वर्षीय हस्पम आलम रहेको पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077