Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दोषी ती हुन् जो बालुवाटारमा एउटा बानेश्वरमा अर्को कुरा गर्छन्: कांग्रेस महामन्त्री शर्मा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसीसीको विरोध गर्नेलाई सरकार छाड्न चेतावनी दिएका छन् । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरूले एमसीसीविरुद्ध प्रदर्शन जारी राखेपछि महामन्त्री शर्माले सरकारमा रहँदा मर्यादा पालना गर्नुपर्ने चेतावनी दिएका हुन्। सामाजिक सन्जालमा शर्माले लेखेका छन्, ‘कि भनौं गठबन्धनमा छौं, सरकारमा छैनौं कि सरकारमा रहँदाको मर्यादा पालन गरौं ।’ सरकारको प्रस्तावविरुद्ध सरकारकै मन्त्रीले असहयोग गरेको शर्माको भनाइ छ । 'अब टुंगो गरौं, क्षणिक लोकप्रियता रोज्ने कि दीर्घकालीन लोकहित ?' शर्माले भनेका छन्,'आवेग र उग्रताले रास्ट्रहरु समृद्ध बनेका छन् कि `जिम्मेवार रास्ट्रवाद´ ले ?

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077