Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अख्तियारद्वारा काठमाडौँ मालपोतका कर्मचारी र दुई बिचौलिया घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिल काठमाडौँका एक कर्मचारी र दुई जना बिचौलियालाई घुसको रकमसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा भोजपुर मुलपानी घर भइ हाल काठमाडौँ भत्केको पुल बस्ने लक्ष्मण बस्नेत र काठमाडौँ गोकर्णका बिनोद श्रेष्ठ र म्याग्दीकी मीना मगर रहेकी छन्। उनीहरु मध्ये बस्नेत मालपोतमा कार्यरत खरिदार हुन् भने श्रेष्ठ र मगर बिचौलिया हुन्।

आयोगका अनुसार उनीहरुले पीडितलाई मृतक व्यक्तिको जग्गा नामसारी गर्ने बिषयमा आलटाल गर्दै घुसको रकम मागेको अख्तियारमा उजुरी परेको थियो । उजुरीपछि अख्तियारको कार्यालय टंगालबाट खटिएको टोलीले उनीहरुलाई बिहीबार काठमाडौँ महानगर-७ स्थित मुस्ताङ हाम्रो थकाली भान्सा घरबाट पक्राउ गरिएको हो।

उनीहरुको साथबाट आयोगको टोलीले घुसको रकम १ लाख ३५ हजार समेत बरामद गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077