Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेन संकट : पश्चिमा मुलुकद्धारा रुसी राष्ट्रपति र विदेशमन्त्रीमाथि प्रतिबन्ध

एजेन्सी । पश्चिमा मुलुकले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेइ लाभारोभमाथि प्रतिबन्धको तयारी गरेका छन् ।

युक्रेनमाथि रुसले आक्रमण गरेसँगै त्यसको प्रतिकारको लागि अमेरिका, बेलायत र क्यानडाले राष्ट्रपति तथा विदेशमन्त्रीमाथि प्रतिबन्धको तयारी गरेका हुन् ।

शुक्रबार अमेरिकी राष्ट्रपति कार्यालयकी प्रवक्ता जेन साकीले अमेरिकाले युरोपेली सहयोगी मुलुकसँग मिलेर पुटिन र लाभारोभमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको बताएकी हुन् ।

यस्तै नयाँ प्रतिबन्धहरू अनावरण गर्दै, अमेरिकी ट्रेजरी विभागले भन्यो 'राष्ट्रपति पुटिन एक धेरै सानो समूहमा सामेल छन् जसमा किम जोङ ऊन, अल्याक्सान्डर लुकाशेन्का र बसर अल(असद जस्ता तानाशाहहरू समावेश छन्।'

त्यस्तै रुसको सुरक्षा परिषद्का अन्य सदस्यहरूमाथि पनि प्रतिबन्ध लगाइएको छ । यद्यपि युरोपेली संघले लगाउने प्रतिबन्ध यात्रासँग नभई सम्पत्तिसँग सम्बन्धित हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077