Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युक्रेनी राष्ट्रपतिले मोदीलाई फोन गरेर मागे युक्रेनमाथिको हमला राकिदिन सहयोग

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सहयोग मागेका छन् । जेलेन्स्कीले ट्वीटमार्फत भारतका प्रधानमन्त्री मोदीलाई युक्रेनमा रुसी हमला जानकारी गराएको बताएका छन् । उनले आफ्नो देशमाथि रुसले गरेको हमलाको जानकारी दिँदै सक्दो सहयोगको अपेक्षा गरेको बताएका छन् । 'एक लाखभन्दा धेरै रसियन सेना स्थलमार्गबाट आएका छन्,'उनले मोदीलाई भनेका थिए,'उनीहरुले हाम्रो राजधानी किभसहित सहरी इलाकामा भीषण गोलाबारी गरिरहेका छन् ।' उनले मोदीसँगको संवादबारे लेख्दै भारतसँग राष्ट्रसंघीय सुरक्षा परिषदमा राजनीतिक समर्थन दिन पनि अपिल गरेका छन् । यदि भारतसहितका देशको साथ मिल्यो भने युक्रेनमाथिको हमला अझै पनि रोक्न सकिने उनले बताए । तर भारत युक्रेन-रसिया तनावबारे अहिलेसम्म सार्वजनिक रुपमा कुनै पनि प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077