Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

युक्रेनबाट नेपाली नागरिकको उद्धार जारी, जोगिएर छिमेकी देश पुगेकालाई सहयोग जुटाउन समस्या

काठमाडौं । युक्रेनमा लगातार दूतावास वा नेपाली समुदायको सम्पर्कमा रहे पनि नयाँ देश पुग्नेवित्तिकै सम्पर्क टुट्ने भएकोले युक्रेनबाट जोगिएर छिमेकी देश स्लोभाकिया, पोल्याण्ड, रोमानिया लगायतका देशमा पुग्ने गरेका अन्य नेपालीलाई सहयोग जुटाउन समस्या परेको छ ।

जर्मनीस्थित नेपाली दूतावासले युक्रेन र वरिपरिका देशहरूमा रहेका नेपाली समूदाय तथा गैर नेपाली संघसंस्थाहरू परिचालन गरेर सक्दो सहयोग गर्ने प्रयास गरिरहेको छ ।

भर्चुअल बैठकमा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले अहिलेसम्म २ सय १९ जना नेपाली सम्पर्कमा आएको जानकारी दिए ।

उनले १० जना नेपालीलाई यात्रा अनुमतिपत्र पनि उपलब्ध गराएको जानकारी दिए । पोल्याण्ड, हंगेरी, रोमानिया र स्लोभाकियालगायतका नजिकैका देशहरूमा रहेका नेपाली समुदायसँग समन्वय गरी दूतावासले उद्धार कार्य दूतावासले छिमेकी देशहरूमा रहेका भारतीय दूतावासहरूसँग पनि सहयोगका लागि पत्राचार गरिएको राजदूत खड्काले जानकारी दिए । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077