Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संसद बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको बैठक बिहान साढे ११ बजे बस्न लागेको हो ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बस्ने बताइएको छ । कार्यव्यवस्थाको बैठकले आइतबार दिउँसो १ बजेका लागि बोलाइएको संसद् बैठकका कार्यसूची निर्धारण गर्नेछ।

बैठकमा संसद्मा जारी अवरोधलगायत विषयमा समेत छलफल हुने जनाइएको छ। आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी हुने वा नहुने बारे कुनै टुंगो छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077