Online Nepal
  • बुधबार, १६ जेष्ठ २०८१
  • बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक, एमसीसीबारे ‘निर्णायक छलफल’ गरिँदै

    बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक, एमसीसीबारे ‘निर्णायक छलफल’ गरिँदै

    अनलाइन नेपाल
  • आइतबार, १५ फाल्गुन २०७८
  • 723
    SHARES

    फाइल फोटो

    काठमाडौं । अमेरिकी सहयोग परियोजना कर्पोरेशन च्यालेन्ज (एमसीसी)बारे ‘निर्णायक छलफल’ गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको सहभागिता रहेको छ।



    सत्ता गठबन्धनका नेताहरु एमसीसीलाई गठबन्धन जोगाउन (व्याख्यात्मक टिप्पणीसहित) प्रतिनिधि सभा बैठकबाट पारित गर्ने तयारीमा छन् । यता माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णय गरिसकेको छ ।



    एमसीसी अनुमोदनका लागि यही फागुन ५ गते आइतबार प्रतिनिधिसभा बैठकमा पेश भएको थियो । तर सत्ता गठबन्धनका नेताहरुबीच एकमत नहुँदा छलफल सुरु हुन सकेको छैन ।

    आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट एमसीसीमाथि सैद्धान्तिक छलफल सुरु गर्ने भनिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार