Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद भवन वरपर सुरक्षा ‘हाइ अलर्ट’, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित

काठमाडौं । संसदमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता आज पारित गर्ने तयारी भएसँगै संसद भवन वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

पछिल्लो समय एमसीसीविरुद्ध विभिन्न दलहरूले दिनहुँ विरोध प्रदर्शन गर्न थालेपछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको हो ।अहिल उक्त क्षेत्रमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रहरी स्रोतका अनुसार अहिले त्यस क्षेत्रमा २४०० हाराहारीमा प्रहरीहरु खटाइएको  छ।संसद भवन अगाडिको सडकमा निषेधित क्षेत्र घोषणा गरेर प्रहरीले बार समेत लगाएको छ ।

संसद बैठक अहिले दिउँसो १ बजे बस्दैछ। आजै दुइटा बैठक बसेर एमसीसी अनुमोदन गर्ने सरकारको तयारी छ । यसअघि बालुवाटारमा बसेको गठबन्धनको बैठकले ब्याख्यात्मक टिप्पणी सहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077