Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • प्रहरी र प्रदर्शनकारीबीच दोहोरो भिडन्त:

    बानेश्वरमा खुर्पा, भाटा र लाठीसहित सुरक्षाकर्मीमाथि जाइलागे आन्दोलनकारी

    बानेश्वरमा खुर्पा, भाटा र लाठीसहित सुरक्षाकर्मीमाथि जाइलागे आन्दोलनकारी

    अनलाइन नेपाल
  • आइतबार, १५ फाल्गुन २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

    आइतबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेसँगै उनीहरुबीच झडप भएको हो । झडपपछि अहिले उक्त क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ ।



    एमसीसीविरुद्धको नारा लगाइरहेका उनीहरु संसद भवन अगाडिको निषेधित क्षेत्र क्रस गर्न खोजेपछि प्रहरीले उनीहरुलाई रोकेको थियो । तर, प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन् ।



    प्रदर्शनका क्रममा उनीहरुले घरेलु हतियार समेत बोकेर विरोधमा उत्रिएका छन् । उनीहरुको साथमा खुर्पा, भाटा, लट्ठीहरु रहेका छन्। अहिले उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार