Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सर्तहरु राखेर दिइन्छ भने नेपाललाई एक पैसा पनि चाहिँदैनः झलनाथ खनाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसी स्वीकार्न नहुने बताएका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता खनालले ५० करोड अमेरिकी डलरको एमसीसीले नेपालको स्वाभीमानलाई तल पार्ने बताए।

‘सर्तहरु राखेर नेपालको स्वाभीमान तलमाथि पारेर सहयोग दिइन्छ भने नेपाललाई एक पैसा पनि चाहिन्न,’ खनालले भने, ‘जुन सहयोग सम्मानका साथ दिइन्छ, नेपालको स्वाभीमानलाई सम्मान गरेर दिइन्छ त्यो जहिले पनि हामी स्वागत गर्छौं ।’

यस्तै, खनालले अहिले देशभत्त नेपाली जनता एमसीसीविरुद्ध सडकमा उत्रेको बताउँदै देशको स्वधिनता र सार्वभौमसत्ताका विषयमा बोलिरहेका जनतामाथि प्रशासनले लाठी बर्षाएको बताए ।

संसदमा अहिले साम्सहरुले बोल्ने क्रम जारी रहेको छ।  संसद बैठक सकिएलगत्तै मन्त्रिपरिषदको बैठक बस्ने तयारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077