Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सित्तैमा पाइयो भन्दैमा विष खाने हो भने मृत्यु हुन्छ : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी राष्ट्रहितविपरीत रहेकाले अनुमोदन गर्न नहुने बताएका छन् ।

प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै नेता सुवालले राष्ट्रहितविपरीत एमसीसी सम्झौता अनुमोदन गर्न नहुने जिकिर गरे ।

सित्तैमा पाएको विष खान नसकिने उनको भनाइ छ । ‘ प्रधानमन्त्री शेरबहादुर देउवाले सित्तैमा पाएको रकम किन नलिने भन्नुभयो,’ सुवालले भने, ‘सित्तैमा पाएको विष खान सकिन्छ र ? खाएमा मृत्यु हुन्छ ।’

यस्तै, सुवालअघि नेकपा एमालेका सांसद भीम रावल, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललगायतले एमसीसी राष्ट्रहित नरहेको टिप्पणी गरे।

सर्तहरु राखेर दिइन्छ भने नेपाललाई एक पैसा पनि चाहिँदैनः झलनाथ खनाल

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077