Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

गृहमन्त्री खाँणद्वारा एमसीसीविरुद्धको आन्दोलनमा खटिएका सुरक्षाकर्मीलाई धन्यवाद ज्ञापन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी अनुदान सहयोगसम्बन्धी परियोजना  सम्झौता(एमसीसी)का विषयसँग जोडेर भएको आन्दोलनमा संयमता अपनाई सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका सुरक्षा प्रमुखलाई धन्यवाद व्यक्त गरेका छन्  ।

गृहमन्त्री खाँणले प्रतिनिधि सभाबाट बहुमतले एमसीसी पास भएपछि गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, गृहमन्त्रालयको सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेल, काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख अधिकारी क्रमशः गोविन्द रिजाल, घनश्याम उपाध्याय र रुद्रादेवी शर्मा तथा उपत्यकाका सुरक्षा निकायका प्रमुखलाई आइतबार राति टेलिफोन गरेर धन्यवाद व्यक्त गरेको उनका प्रेस संयोजनक मधुसुधन भट्टराईले जानकारी दिए ।

मन्त्री खाँणले सुरक्षाकर्मी साथी घाइते हुँदासमेत संयमता अपनाएर सुरक्षा दिने काममा अहोरात्र खटिएकोमा प्रशंसा पनि गरेका छन् ।  'एमसीसीबारे भएको आन्दोलनमा संयमता अपनाएर नागरिकलाई सुरक्षा प्रदान गरेको, आन्दोलनमा आएकाह उत्तेजित हुँदासमेत संयम भएर  सुरक्षा दिएकोमा धन्यवाद दिनुभएको हो', गृहमन्त्रालयका प्रवक्तासमेत रहेका सुरक्षा समन्वय महाशाखाका प्रमुख सहसचिव पोखरेलले बताए ।

गृहमन्त्री खाँणले आन्दोलनका क्रममा घाइते भएका सुरक्षाकर्मी र आन्दोलनकारीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077