Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बलात्कारपछि बालिका हत्या प्रकरण : आरोपीको घरमा आगजनी

विराटनगर । मोरङमा बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न पीडकको घरमा स्थानीयले आगजनी गरेका छन् । जिल्लाको लेटाङ नगरपालिका–८ ज्यामिरेकी १२ वर्षिया करुणा राईको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिको घरमा आगजनी गरिएको हो ।

सोमबार स्थानीयले लेटाङ ८ का ६४ वर्षीय दीपक गिरीको घरमा मृतक बालिकाको आफन्तले आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट गिरीको घर जलेर नष्ट भएको छ ।

अन्नपात लगायत अरु धनमाल यसअघि नै निकालेर गिरीका छोराले लगिसकेका कारण घर खाली रहेकाले आगजनीमा ठूलो क्षति भने हुन नपाएको बताइएको छ ।

बुधबार बेलुका स्कुलबाट घर फर्कने क्रममा बेपत्ता भएकी लेटाङ नगरपालिका–८ ज्यामिरेकी १२ वर्षीय करुणा राईको शव शुक्रबार विहान विभत्स अवस्थामा फेला परेको थियो ।

बालिकाको हत्या आरोपमा प्रहरीले शुक्रबार गिरीलाई पक्राउ गरेको थियो । प्रहरीले नियन्त्रणमा लिएर उनीविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077