Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुर्खेत तनावग्रस्त : कांग्रेस–एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी, मंगलबार साँझसम्म कर्फ्यू

    सुर्खेत तनावग्रस्त : कांग्रेस–एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी, मंगलबार साँझसम्म कर्फ्यू

    अनलाइन नेपाल
  • सोमबार, १६ फाल्गुन २०७८
  • 2.2K
    SHARES

    सुर्खेत । अमेरिकी सहायता एमसीसी संसदबाट पारित भएपछि बन्दकर्ताहरूको आन्दोलनका कारण सुर्खेत तनावग्रस्त बनेको छ । बन्दकर्ताहरूले पार्टी कार्यालयहरूमा आगजनी तथा तोडफोड गरेका छन् ।

    प्रहरी र बन्दकर्ताहरूबीच झडपसमेत भएको छ । उनीहरूले कांग्रेस, एमाले पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् भने माओवादी केन्द्र पार्टी कार्यालय पनि तोडफोड गर्ने प्रयास गरेका छन् । यसैबीच प्रहरीले केही बन्दकर्ताहरूलाई पक्राउ गरेको छ ।



    बन्दकर्ताहरूले ठाउँ–ठाउँमा विरोध गर्नुका साथै प्रहरीलाई ढुङ्गा प्रहार गरेका छन् । यसैबीच प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ ।



    प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार