Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

ओलीलाई पदच्यूत गर्नका लागि मात्र एमसीसीमा विवाद झिकिएको एमालेको आरोप

काठमाडौं । नेकपा एमालेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्न मात्र एमसीसीमा विवाद सिर्जना गरेको आरोप लगाएको छ।

संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन भएपछि आफ्नो धारणा सार्वननिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमालेले तत्कालीन नेकपामा ओलीलाई पदत्यूत गर्ने उद्देश्यले मात्र एमसीसीमा विवाद सुरु गरिएको बतायो।

यस्तै, पत्रकार सम्मेलनमा बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले व्याख्यात्मक टिप्पणी जनतालाई ढाँट्ने प्रयास मात्र भएको बताए । अहिले पार्टी अध्यक्ष ओलीले आफ्नो भनाइ राखिरहेका छन्।

यसअघि हिजो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो धारणा सार्वजनिक गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077