Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सभामुखविरुद्ध महाअभियोग ल्याउन सक्छौं, महाकाली सन्धि याद छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले सभामुखविरुद्ध महाअभियोग ल्याउन पनि सक्ने बताएका छन्।

सभामुखविरुद्ध महाअभियोग ल्याउन पनि सक्ने, नल्याउन पनि सक्ने भन्दै ओलीले भने, ‘हामी राजीनामा पर्खिरहेका छौं । ससम्मान बर्हिगमित हुनुहोस्, संसदले निष्काशन गर्‍यो भन्ने नपरोस् ।’

एमालेले आफ्नो दलले कारबाही गरेका १४ सांसदलाई निष्कासन गर्न माग गर्दै २३ भदौदेखि संसदमा नाराबाजी गर्दै आएको छ । १४ जनालाई निष्कासन नगरे सभामुखले राजीनामा दिनुपर्ने उसको अडान छ ।

यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफूलाई महाकाली सम्झौतामा त्यति याद नभएको बताए। पत्रकारको प्रश्नमा जवाफ दिंदै ओलीले भने, 'त्यतिबेला हामी प्रतिपक्षी दलमा थियौं, मलाई त्यति याद छैन, यदी अहिले जस्तै गरेर ल्याइएको हो भने त्यो ठीक छैन, अन्यथा त्यो ठीक थियो।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077