Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदको कार्यसूची सार्वजनिक, मन्त्री आलेले दुई विधेयक पेश गर्ने

काठमाडौं । भोलि बुधबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद्का महासचिव डा भरतराज गौतमले भोलि बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन्।

भोलिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने कार्यसूची रहेको छ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन्।

यसैगरी नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठक दिउँसो १ बजे बस्ने सचिवालयले जनाएको छ। यसअघिको प्रतिनिधिसभा बैठकले एमसीसी सम्झौता अनुमोदन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077